दशैको नयाँ नोटसम्बन्धी राष्ट्रबैकको नयाँ व्यवस्था, दक्षिणा डिजिटलमाध्यमबाट दिनेलाई बम्पर योजना

Sep Mon 2020 11:47:45

2909 views

दशैको  नयाँ नोटसम्बन्धी राष्ट्रबैकको  नयाँ व्यवस्था, दक्षिणा डिजिटलमाध्यमबाट दिनेलाई बम्पर योजना

यसपालिको दशैको नयाँ नोटसम्बन्धी राष्ट्रबैकले नयाँ योजना ल्याएको छ । राष्ट्र बैंकले डिटिलट माध्यमबाट दशैंको टिकाको दक्षिणा दिनेलाई प्रोत्साहन बम्पर योजना ल्याएको छ ।

मोबाइलबाट दक्षिणा दिनेलाई प्रोत्साहन स्वरुप सहुलियत दिन सके एकातिर कोभिडको जोखिम कम हुने र अर्कोतिर मोबाइल प्रयोगकर्ता पनि बढ्ने सोच राष्ट्र बैंकले लिएको हो । डिजिटलमाध्यमबाट कारोबार गर्दा पैसाको प्रयोग कम हुन्छ । यसले पैसा छाप्ने खर्च समेत कटौती गर्छ । 

एक डिनोमेशनमा करिब ६ देखि साढे ६ अर्ब नोट छाप्न खर्च हुन्छ । राष्ट्र बैंकसँग  ७ वटा डिनोमेशनका नोट छन् । एउटा डिनोमेशन ३० करोड वटा छाप्दा करिब एक अर्ब खर्च हुन्छ । राष्ट्र बैंकले एउटा डिनोमेशनको साइकल सवा ३ वर्षमा पुरा हुने गरी कार्यतालिका बनाएको छ । 

मोबाइलबाट दक्षिणा दिनेलाई राष्ट्र बैंकले यति इन्सेन्टिभ दिन्छौं भनेर सीमा तोकिदिने हो भने डिजिटल कारोबार बढ्ने छ । सीमा तोकेर बोनस दिने व्यवस्था मिलाउन सके राम्रो हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।