नेपाल बैंक लगायतका यी कम्पनीको शेयरमा लगानीकर्ता यसकारण तानिए

Sep Tue 2020 09:26:38

791 views

नेपाल बैंक लगायतका यी कम्पनीको शेयरमा लगानीकर्ता यसकारण तानिए

केहीदिनयता नेपाल बैंक लिमिटेको शेयरमा लगानीकर्ताहरु तानिएका छन् । मंगलबार कारोबार भएकोमध्ये नेपाल बैंक लिमिटेडको ५ लाख ८१ हजार कित्ता भन्दा बढी शेयर कारोबार भएको छ । २ प्रतिशतभन्दा बढीको मूल्य गिरावट हुँदा पनि नेपाल बैंकको शेयरको माग बढी भएको देखिएको हो । 

त्यस्तै, दोस्रो नम्बरमा सबैभन्दा बढी कित्ता कारोबार हुने कम्पनीको नेशनल हाइड्रोपावर कम्पनी जसको २ लाख ६० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । 

त्यसैगरि, कुमारी बैंकको २ लाख २० हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ भने शिखर इनस्योरेन्सको २ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ । 

वाणिज्य बैंकहरुमध्ये शेयरको कम मूल्य भएको सिभिल बैंकको पनि मंगलबार २ लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेपाल क्रडिट एण्ड कमर्श बैंकको १ लाख ४७ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । 

त्यस्तै ग्लोबल आइएमई बैंकको १ लाख १२ हजार, बैंक अफ काठमाडौंको १ लाख २६ हजार, मेगा बैंकको १ लाख १५ हजार, अरुण भ्याली हाइड्रोपावर लिमिटेडको १ लाख ५० हजार कित शेयर कारोबार भएको छ । 

यसैगरि, अरुण काबेली पावर लिमिटेडको १ लाख ३५ हजार, पुनरबिमा कम्पनीको १ लाख ४२ हजार, रिलायन्स लाईफ इन्स्योरेन्सको १ लाख १० हजार, नेपाल बङ्लादेश बैंकको १ लाख १३ हजार, एनएमबी बैंकको १ लाख ७४ हजार र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडको १ लाख ९ हजार बराबरको शेयर किनबेच भएको छ ।