जापानमा ६.९ म्याग्‍निच्यूडको र तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

Mar Sat 2021 07:36:10

1082 views

जापानमा ६.९ म्याग्‍निच्यूडको र तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी । जापानमा ६.९ म्याग्‍निच्यूडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएको छ । जापानको उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सुनामीको चेतावनी सहित सचेत रहन आग्रह गरेको छ । शुरूमा ७.२ म्याग्‍निच्यूडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्‍निच्यूडको पुष्टि भएको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्‍निच्यूडको रहेको बताएका थिए । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ । 

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो ।