स्मार्ट सिटीमा चार बैंकले ३० अर्ब लगानी गर्ने

Sep Wed 2020 07:33:56

435 views

स्मार्ट सिटीमा चार बैंकले ३० अर्ब लगानी गर्ने

काठमाडौं । उपत्यकाको चार कुनामा बन्न लागेको स्मार्ट सहरमा लगानी गर्न चार बैंकले ३० अर्ब  रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेका छन् । सिद्धार्थ, कुमारी, सानिमा र नेपाल बैंकले चार सहरमा तत्काल ३० अर्ब लगानी गर्नेआशय पत्र काठमाडौं उपत्यका विकास प्राधिकरणमा पठाएका हुन् । 

यी बैंकहरूले आवश्यकता अनुसार अरु पनि लगानी थप आशय पठाएकोप्राधिकरणका विकास आयुक्त डा.भाइकाजी तिवारीले जानकारी दिए । 

प्राधिकरणले चार सहरमध्ये काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण) र काठमाडौं हरित सहर (उत्तर) को डीपीआर स्वीकृतका लागि मन्त्री परिषदमा पठाउन सहरी विकास मन्त्रालयमा पठाएको छ ।सहर निर्माणका लागि ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भएपनि अहिलेका लागि सवा खर्ब रुपैयाँ मै परियोजना अघि बढाउन सकिने विकास आयुक्त तिवारीले बताए । २ वर्षमा यो लगानी गरियो भने त्यसपछि त्यहिबाट लगानी आउन थाल्ने बताए ।