होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई ग्लोबल आइएमई बैंकको सहुलियतपूर्ण कर्जा सुबिधा

Sep Fri 2020 09:42:23

होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई ग्लोबल आइएमई बैंकको सहुलियतपूर्ण कर्जा सुबिधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।

होटल व्यवसायी महासंघ नेपालसँग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमअनुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै महासंघसँग आबद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकताअनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारतासम्बन्धी तालिम समेत प्रदानगर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।