जलविद्युतको शेयरमा लगानीकर्ताको आकर्षण, यी कम्पनीको अत्यधिक शेयर कारोबार भए

Sep Fri 2020 01:01:26

1575 views

जलविद्युतको शेयरमा लगानीकर्ताको आकर्षण, यी कम्पनीको अत्यधिक शेयर कारोबार भए

काठमाडौं । साताको अन्तिम दिन  बिहिबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा जल विद्युत कम्पनीको शेयरमा अत्याधिक मात्रामा कारोबार भएको छ । 

बिहिबार कारोबार भएका जल विद्युत कम्पनीहरुको शेयर ठूलो परिणाममा कारोबार हुनुका साथै मूल्य समेत वृद्धि भएको छ । नेप्सेमा सूचिकृत पहिलो जल विद्युत कम्पनी नेशनल हाइड्रोपावर लिमिटेडको शेयरमा धेरै लगानीकर्ता खनिएका छन् । यस कम्पनीको शेयर आज ६ लाख ११ हजार २८० कित्ता किनबेच भएको छ । 

त्यस्तै, अरुण काबेली पावर लिमिटेड ६ लाख ९१ हजार ९६१ कित्ता शेयर खरिदविक्रि भएको छ भने अपि हाइड्रोपावर लिमिटेडको ४ लाख ११ हजार २१३ कित्ता शेयर किनत्रेच भएको छ । सोहि ग्रुपको अरुण भ्याली हाइड्रोपावरको ४ लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ । 

त्यसैगरि, युनिभर्सल पावर कम्पनीको २ लाख ६८ हजार, हाइड्रो इलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २ लाख ८२ हजार ५०७, हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको १ लाख ५२ हजार ५९७, सानिमामाइ हाइड्रोपावर लिमिटेडको १ लाख ६३ हजार ६४२ कित्ता शेयर किनबेच भएको छ । 

यसैगरि, सिनर्जी पावर डेभलपमेन्टको १ लाख २६ हजार ११२, रिडि हाइड्रोपावर लिमिटेडको २ लाख ११ हजार ९९१ कित्ता शेयर कारोबार भएको छ ।