Sep Sun 2020 06:50:40
698 views
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असोज ११ गतेदेखि खुलाएको आइपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ ।
कम्पनीको आइपीओमा आइतबार अपरान्ह ५ बजेसम्म ३२ लाख ४४ हजार ६३० कित्ता खरीदका लागि आवेदन परेको हो ।
सिडिएससीका अनुसार कुल ९७ हजार १७० आवेदकले आइपीओ खरीदका लागि आवेदन हालेका छन् ।
यो कम्पनीले प्रतिकित्ता १०० दरका रु। ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।
जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ।