सिभिल लघुवित्तको हकप्रद शेयर असोज २५ गतेदेखि लिलामीमा

Oct Sun 2020 08:08:26

814 views

सिभिल लघुवित्तको  हकप्रद शेयर असोज २५ गतेदेखि लिलामीमा

काठमाडौं । सिभिल लघुवित्तको अवितरित हकप्रद शेयर असोज २५ गतेदेखि लिलामी प्रकृयाबाट विक्री खुला हुने भएको छ । कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

यो शेयर खरिद गर्न चाहनेहरुले कात्तिक २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरमो न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । 

संस्थापक शेयरको हकमा न्यूनतम एक हजार कित्ता र सर्वसाधारणको हकमा न्यूनतम एक सय कित्ता र अधिकतमका लागि सम्पूर्ण कित्तासम्म माग गर्दै बोलपत्र पेश गर्नुपर्ने व्यवस्था छ । कम्पनीको विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धकसँगै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, बीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणघाट, बाग्लुङ तथा महेन्द्रनगर कंचनपुरमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।