१५ बाणिज्य बैंकले लाभांश घोषणा, हिमालयन र एनआईसी एशिया बैकको सबैभन्दा धेरै

Dec Tue 2020 09:51:23

1520 views

१५ बाणिज्य बैंकले लाभांश घोषणा, हिमालयन र एनआईसी एशिया बैकको सबैभन्दा धेरै

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को कारोबारमा आधारित भएर १५ वटा वाणिज्य बैंकहरूले कम्पनीले लाभांश घोषण  गरेका छन् । लाभांश वितरण गर्न घोषणा गरेका बैंकहरूले ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । बैंकहरूले गरेको लाभांश घोषणामा पनि नगद लाभांश भने अत्यन्त कम रहेको छ । बैंकहरूले ०.५२ प्रतिशतदेखि ६ प्रतिशतसम्म थोरै नगद लाभांश दिने घोषणा गरेका हुन् । 

सबैभन्दा बढी लाभांश एनआईसी एशिया र हिमालय बैंकले वितरण गर्ने भएका छन् । यी दुबै बैंकहरूले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हिमालय बैंक गत आवको कारोबारबाट ६ प्रतिशत नगद लाभांश दिने भएको छ भने एनआईसी बैंकले १ प्रतिशतमात्र नगद लाभांश दिने भएका छन् । 

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश दिने भएका छन् । बैंकहरूले दिने लाभांशमा बैंक अफ काठमाण्डूको ३ प्रतिशत र ग्लोबल आईएमईको २ प्रतिशत नगद लाभांश दिने भएका छन् । त्यसरी नै सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश घोषणा गर्ने भएका छन् । बैंकले ३ प्रतिशत नगद लाभांश दिने भएका छन् । एभरेष्ट बैंकले ५.५३ प्रतिशत नगद लाभांश दिने भएका छन् । स्ट्यान्डर्ड चार्टर्ड ४.८४ प्रतिशत नगद लाभांश रहेको छ ।

सनराइज बैंकले ३.६ प्रतिशत, सानिमा बैंकले ३.६ प्रतिशत, नेपाल एसबीआई बैंकको ३.४७ प्रतिशत, माछापुच्छ्रे« बैंकले ३.३७ प्रतिशत, कुमारी बैंकले ३.१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।