काठमाडौं । नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आएको थियो । तर यस वर्षको दशैमा भने हाल तीव्र रुपमा कोरोना भाइरसको संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरुमा भिडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने भन्र्दै केन्द्रीय बैंकले सुचना जारी गरेको छ ।