एनएमबि बैंकले अब विच्याटबाट भुक्तानी सेवा लिने

Oct Mon 2020 03:53:05

565 views

एनएमबि बैंकले अब विच्याटबाट भुक्तानी सेवा लिने

काठमाडौं । एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालबाट यो सम्झौता पहिलो बैंक एनएमबि बैंक भएको बैंकले दावी गरेको छ । उक्त सम्झौतापछि चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

टेन्सेन्ट होल्डिंग्ससंगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ बैंकले दावी गरेको छ । १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक भएको छ । 

चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने बैंकले जनाएको छ ।