आइपिओ कसरी भर्ने, घरबाटै आईपीओ भर्न के गर्ने ?

Oct Tue 2020 04:38:45

2424 views

आइपिओ कसरी भर्ने,  घरबाटै आईपीओ भर्न के गर्ने ?

आइपीओमा आवेदन दिदै आएका लगानीकर्ताका लागि आइपीओ कसरी भर्ने जानकारी थाहा नहुन सक्छ । आइपीओ भर्न चाहनेहरुका यो जानकारी 

१. बैंक खाता खोल्नुहोस : आइपीओमा आवेदन दिनका लागि सबैभन्दा पहिला सी–आस्बामा आवद्ध भएको कुनैपनि बैंकमा बैंक खाता खोल्नु पर्छ । 

२. डिम्याट खाता खोल्नुहोस : बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ । आइपीओ भरेपछि शेयर परेमा उक्त शेयर यही डिम्याट खातामा जम्मा हुन आउँछ । 

३. कहाँ खोल्ने डिम्याट खाता ? : डिम्याट खाता नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् । 

४. सीआरएन नम्बर लिनुहोस : डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक (डिम्याट खातामा उल्लेख गरिएको बैंक) मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ ।

५. मेरो शेयर खोल्नुहोस : आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले उपलब्ध गराएको मेरो शेयरको युजरनेम र पासर्ड पनि लिनुहोला । तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ । 

६. बैंकबाट आवेदन दिने : मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ । 

७. माथिका १ देखि ५ नम्बर सम्मका प्रक्रिया पुरा गरेपछि आइपीओमा सजिलै आवेदन दिन सकिन्छ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ । आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा नै रहन्छ ।