नेपाल पुनर्बीमाको शेयर खोसाखोस छ, अघिल्लो साताभित्रको उतारचढाव यस्तो थियो

Oct Tue 2020 04:58:00

863 views

नेपाल पुनर्बीमाको शेयर खोसाखोस छ, अघिल्लो साताभित्रको उतारचढाव यस्तो थियो

मुल्य उचालिएर ९३३ रुपैयाँसम्म पुगेको शेयर ८३८ सम्म झरेको थियो भने यसबीचमा झण्डै ३० लाख कित्ता कारोबार भयो । यसबीचको मूल्य प्रतिकित्ता ८८० रुपैयाँ रहेकाले महंगोमा शेयर उठाउनेहरु नै धेरै छन् । ठूला बाणिज्य बैंकहरुले प्रतिकित्ता ९०० रुपैयाँ भन्दा माथि गएर शेयर उठाएको बताईन्छ ।

काठमान्डौ : नेपाल पुनर्बीमा कम्पनीको  अघिल्लो साता  १ अर्ब ३५ करोड बराबरको शेयर कारोवार भएको छ । अघिल्लो सातामा नेप्सेमा  कारोवार हुने कम्पनी मध्ये सबै भन्दा धेरै नेपाल पुनर्बीमाको शेयर कारोवार भएको छ ।

नेपाल पुनर्बीमाको आईतबार ४० करोड १३ लाख, सोमबार २८ करोड ४० लाख, मंगलबार २७ करोड ५५ लाख, बुधवार २२ करोड ३१ लाख र बिहीवार १७ करोड  ४२ लाख बराबरको शेयर कारोवार भएको थियो । कारोवार रकम भने साताको सुरुवाती दिन भन्दा अन्तिम दिनमा आउँदा घट्दो क्रममा रहेको थियो ।

अघिल्लो साता नेपाल पुनर्बीमाको शेयर मूल्य ८९५ रुपैयाँमा बन्द भएको थियो । आईतबार ८७१ रुपैयाँ, सोमबार ८५६ रुपैयाँ , मंगलबार ८५९ रुपैयाँ, बुधवार ८९१ रुपैयाँ  र बिहीवार ८९५ रुपैयाँमा बजार मूल्य बन्द भएको थियो ।

“ईण्ट्राडे”मा आईतबार उच्च मूल्य ९३३ रुपैयाँ सम्म पुगेको थियो भने मंगलबार कम्पनीको बजार मूल्य ८३७ रुपैयाँको न्यून विन्दुसम पुगेको थियो ।