Oct Wed 2020 07:14:46
1049 views
बुधवार घटेको बजारमा ४० कम्पनीको शेयरमूल्य बढेको छ । ४० मध्य पनि जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले मूल्य बढेको छ । मंगलवारदेखि कारोबार योग्य भएको यस कम्पनीको पहिलो कारोबार बुधवार देखि सुरु भएको हो ।
पहिलो कारोबार दिनमै सर्वाधिक मूल्य बढेको यस कम्पनीको अन्तिम मूल्य बुधवार ३३५ रुपैयाँ कायम भएको छ । बुधवार घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ । यो दिन घलेम्दी हाइड्रोको शेयरमूल्य ७ दशमलव २६ प्रतिशत अर्थात प्र्रतिकित्ता ९ रुपैयाँ ले घटेको हो ।