चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ देखि आउदैछ

Nov Wed 2020 06:31:13

845 views

चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ देखि आउदैछ

काठमाडौं चन्द्रागिरी हिल्सले मंसिर १७ देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविसको वडा नंम्बर ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नंम्बर ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस चरणमा आवेदन दिन पाउने बताइएको छ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्ने छन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा छिटोमा पुस १ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन् ।