युनाइटेड इदी-मर्दीको आईपीओ १५ प्रतिशत आवेदकले मात्र पाए

Nov Sun 2020 05:36:15

1284 views

युनाइटेड इदी-मर्दीको आईपीओ १५ प्रतिशत आवेदकले मात्र पाए

Check IPO Result of United Idi-Mardi and R.B. Hydropower Limited

काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । यो आईपीओ कुल आवेदकमध्य १५ प्रतिशतले मात्र पाएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ८१ हजार २७३ आवेदकहरुले १० कित्ताका दरले र  ६ जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् । यो आईपीओ खरिदका लागि आवेदन दिने योग्य आवेदकमध्य ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ । 

यो आईपीओ खरिदका लागि ५ लाख ४१ हजार २६३ जनाको आवेदन परेको क्यापिटलको भनाई छ । क्यापिटलका अनुसार यी आवेदकबाट ९४ लाख ९८ हजार ४०० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदकमध्य ८६१ जनाको आवेदन रद्ध भएको पनि विक्री प्रबन्धकको भनाई छ ।

यस कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो ।