सानिमा माई हाइड्रोले लाभांश घोषणा गर्यो

Dec Tue 2020 06:38:58

779 views

सानिमा माई हाइड्रोले लाभांश घोषणा गर्यो

काठमाडौं। सानिमा माई हाइड्रोले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीले पुस २३ गते आह्वान गरेको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।