चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुल्यो

Dec Wed 2020 03:43:15

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुल्यो

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ खुल्ला गरेको छ । आयोजना प्रभावित स्थानियहरूका लागि  २०७७ मंसीर १७ गते (बुधबार) देखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार अनुमति प्रदान गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि छिटोमा पौष १ गते र ढिलोमा पौष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

उक्त आईपीओ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ र १० एवं इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का स्थानीयबासीले मात्रै आवेदन पाउँछन् ।