सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा

Dec Sat 2020 01:42:14

875 views

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतको लाभांश प्रस्ताव गरेको छ । बैकको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए पश्चात शेयरधनीले पाउनेछन्। हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ छ ।