प्रभु बैंकले १० प्रतिशत लाभांस दिने घोषणा

Dec Sun 2020 05:57:38

717 views

प्रभु बैंकले १० प्रतिशत लाभांस दिने घोषणा

काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । 

बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित बोनस वितरणपछि  बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैंया पुग्नेछ ।