लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा

Dec Tue 2020 07:06:23

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत  लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।