लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा

Dec Tue 2020 10:06:23

1006 views

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत  लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।