किन भयो ? अपर तामाकोशीको सर्वाधिक शेयर कारोबार

Dec Wed 2020 05:44:28

1249 views

किन भयो ? अपर तामाकोशीको सर्वाधिक शेयर कारोबार

काठमाडौं । बुधवार अपर तामाकोशीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कारोबारको २५ मिनेटको अवधिमा अपर तामाकोशीको रू. १० करोड ६६ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको हो । 

कम्पनीको शेयरमूल्य पनि रू. ४२ सम्मले बृद्धि भएर रू. ५४६ पुगेको थियो तर बजार बन्द हुदासम्म ५२७ सम्ममा कारोबार भयो । यो अवधिमा रू. ५१ करोड २३ लाख ४९ हजार बराबरको शेयर कारोबार भएको छ।