सेयर बजारमा बैंकहरुको लगानीः बैंकहरुले बीमा कम्पनीको र बीमा कम्पनीले बैंकहरुको सेयर किनिरहेको खुलासा

Dec Wed 2020 05:57:09

885 views

सेयर बजारमा बैंकहरुको लगानीः बैंकहरुले बीमा कम्पनीको र बीमा कम्पनीले बैंकहरुको सेयर किनिरहेको खुलासा

काठमाडौं । बैंकहरुले सेयर बजारमा गरेको लगानीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चासो देखाएका छन् ।

पछिल्ला केही महिनायता बैंकहरुले तोकेको दायराभन्दा बढी सेयर बजारमा लगानी गरेको आशंकामा गभर्नर अधिकारीले बैंकहरुको लगानीको विवरण माग गरेका छन् । बैंकहरुले तोकेभन्दा बढी लगानी गरेका कारण पनि बजारमा उछाल आएको आशंका गरिएको छ ।

अहिले बैंकहरुले बीमा कम्पनीको र बीमा कम्पनीले बैंकहरुको सेयर किनिरहेको ब्रोकरहरु बताउँछन् ।

तरलता बढी भएपछि बैंहरुले अल्पकानलीन नाफा कमाउने माध्यमका रुपमा सेयर बजारमा तोकेभन्दा बढी लगानी गरेको आशंका गर्दै गभर्नर अधिकारीले बैंक सुपरिवेक्षणसँग बैंकहरुको लगानीको विवरण मागेका छन् ।

यो पनि हेर्नुहोस्: