बैंकमा कोरोना संक्रमणको जोखिम बढ्दो : १५ प्रतिशत बैंकका कर्मचारीमा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार बढी

Dec Wed 2020 08:58:01

652 views

बैंकमा कोरोना संक्रमणको जोखिम बढ्दो : १५ प्रतिशत बैंकका कर्मचारीमा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार बढी

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार बैंक तथा वित्त कम्पनीका कार्यरत कुल कर्मचारी मध्ये करिब १५ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । साथै बैंकिङ क्षेत्रका कुल संक्रमितमा १० हजार १ सय ४ जना बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्य रहेका छन् ।  राष्ट्र बैंकका ३ सय ४७ जना कर्मचारी र कर्मचारीका परिवारका सदस्य कोरोना संक्रमित  छन् ।

प्राप्त तथ्यांकअनुसार बैंक तथा वित्त कम्पनीमा कार्यरत ७ हजार ३ सय ६ जना कर्मचारी र उनीहरु मार्फत् उनका २ हजार ७ सय ९८ जना परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये १ हजार २ सय १० जना कर्मचारी र ७ सय ६० जना परिवारका सदस्य गरी १ हजार ९ सय ७० जना सक्रिय संक्रिमित बैंकिङ क्षेत्रमा छन् ।

बैंकमा कार्यरत हजारौ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएसँगै सर्वसाधारणमा समेत संक्रमणको जोखिम बढ्दोे छ ।

राष्ट्र बैंकका स्रोतका अनुसार केन्द्रीय कार्यालय बालुवाटार, दरबारमार्ग र विभिन्न प्रादेशीक कार्यलयका १ सय ६२ जना कर्मचारी र उनीहरुमार्फत् १ सय ८५ जना परिवारका सदस्यमा कोरोना संक्रमण भइसकेको छ ।

 बैंक तथा वित्त कम्पनीमा बढी हुँदा हालसम्म यस क्षेत्रका १० हजार ४ सय ५१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ ।