साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक ८ अंकले बढेर बन्द

Dec Thu 2020 07:00:15

523 views

साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक ८ अंकले बढेर बन्द

काठमाडौं। यो साताको अन्तिम कारोबार दिन  २५ मंसिर बिहीबार शेयर बजार नेप्से ८.२७ अंकले बढेर बन्द भएको छ। 

कारोबारमा आएका १२ समूह मध्ये हाइड्रोपावर र विकास बैंक समूह घटेपनि अरु सबै बढेको छ। विकास बैंक समूह ३.८८ र हाइड्रोपावर ७६.४५ अंकले घटेको छ।

कारोबार पनि २ सय ४ कम्पनीको ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँको भएको छ । केहीदिन यता कारोबार रकम क्रमशः घटिरहेको छ । अघिल्लो साताको आइतबार ९ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको थियो । त्यसयता नेप्से परिसूचकमा तीब्र उतारचढाव देखिन थालेपछि कारोबार रकम पनि घट्दै आएको छ।

यस्तै बिहीबार लिवर्टी इनर्जी कम्पनी, प्रभु बैंकको प्रमोटर शेयर, नायारणी डेभलपमेन्ट विकास बैंकका लागनीकर्ताहरुले धेरै कमाएका छन् । यी कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ। गुमाउने कम्पनीहरुको सूचीमा भने अपर तामाकोशी जलविद्युत आयोजना र रसुवागढी हाइड्रोपावरका लगानीकर्ता छन् । यी कम्पनीहरुको शेयर मूल्य भने क्रमशः ९.८७ र ८.६१ प्रतिशतले घटेको छ ।

यस दिन सर्वाधिक शेयर कारोबार भने नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३७ करोड ३२ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।