गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ११.४०% लाभांश दिने

Dec Sat 2020 06:25:24

971 views

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ११.४०% लाभांश दिने

काठमाडौँ ।गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले ११ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बुधवार बसेको  सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।