असार ७ गतेसम्म निषेधाज्ञा जारी, अबदेखि बैंक तथा वित्तीय संस्था सबै खुल्ने, सहकारी र रेमिट सातामा २ दिन खोल्न पाइने

Jun Sun 2021 11:42:16

622 views

असार ७ गतेसम्म निषेधाज्ञा  जारी, अबदेखि बैंक तथा वित्तीय संस्था सबै खुल्ने, सहकारी र रेमिट सातामा २ दिन खोल्न पाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने निर्णय गरेको छ ।  असार ७ गतेसम्म निषेधाज्ञा कायम हुनेछ ।

निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाले सीमित संख्यामा शाखा र कर्मचारी बोलाउन पाउनेछन् । साथै बीमाा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम २० प्रतिशत जनशक्ति मात्रै काममा खटाउने गरी काममा बोलाउन पाउनेछन् ।

साथै सहकारी तथा रेमिट कम्पनीहरुको हकमा सातामा २ दिन आइतबार र बिहीबार मात्रै खुल्नेछन् ।

शैक्षिक संस्थाहरुले अनलाइन र भर्चुअल माध्यमबाट पठन पाठन कार्य सञ्चालन गर्न पाउनेछन् भने वैदेशिक अध्ययन तथा इडीभीका कारण विदेशमा जानुपर्ने व्यक्तिका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्य सञ्चालन गर्न पाइनेछ ।

साथै ट्रान्सपोर्ट कम्पनीहरुले औषधि तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, कृषि मल, विउ तथा खाद्यान्न सामग्री ढुवानी गर्दाको समयमा मात्र स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा विहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । साथै विकास निर्माणजन्य सामग्री पसलहरु (छड, सिमेन्ट, विजुलीका सामान, स्थानिटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने छ ।

साथै अत्यावश्यक वस्तुहरुको अनलाइन डेलिभरी तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।