एक सातामै बैंक तथा बित्तिय संस्थाले २० अर्ब ऋण जारी गरे

Dec Fri 2020 09:51:20

727 views

एक सातामै बैंक तथा बित्तिय संस्थाले २० अर्ब ऋण जारी गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्म मा मात्रै करिब २० अर्ब रुपैयाँ थप कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएको छ ।

‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ९मंसिर १० गते० गरेको समयमा बैंकिङ क्षेत्रमा करिब २ खर्ब रुपैयाँ अधिकत तरलता थियो, अहिले १ खर्ब ३४ अर्ब रुपैयाँ अधिक तरलता बजारमा छ, २ सातामै  बैंकिङ क्षेत्रबाट करिब ६६ अर्ब रुपैयाँ तरलता कम भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता रमेश पोखरेलले जानकारी दिएका छन् ।

राष्ट्र बैंकका अनुसार मंसिर १८ गते ३ अर्ब ४० करोड, १९ गते २ अर्ब ६ करोड, २० गते २ अर्ब ६३ करोड, २१ गते ४ अर्ब ७० करोड, २२ गते ४ अर्ब २० करोड र २४ गते २ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सो एक साताको अवधिमा बैंकिङ क्षेत्रमा १२ अर्ब रुपैयाँ नयाँ निक्षेप थपिएको छ । मंसिर १८ गते बैंकिङ क्षेत्रमा ४१ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप थियो । मंसिर २४ गते यस्तो निक्षेप बढेर ४१ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।