साधना लघुवित्तले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

Dec Sun 2020 06:02:00

578 views

साधना लघुवित्तले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  

हाल कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको तयारी गरेको छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।