चार लघुवित्त सहित पाँच कम्पनीको शेयरमूल्यमा सर्किट

Dec Tue 2020 05:09:23

1455 views

चार लघुवित्त सहित पाँच कम्पनीको शेयरमूल्यमा सर्किट

काठमाडौं । सोमवार चार लघुवित्त कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुग्यो । महुली सामूदायिक लघुवित्त , उन्नती सहकार्य लघुवित्त र गुराँस लघुवित्तको ९ दशमलव ९८ प्रतिशत , नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८३ प्रतिशत रहेको छ । 

 ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९ दशमलव ६४ प्रतिशतले बढेको हो । यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य २ प्रतिशतले बढेको छ । लघुवित्त सँगै कारोबारमा आएका १२ समूहमध्य जीवन बीमा समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत बढेको छ ।