बैंकमा तरलता कायमै, मुद्दती निक्षेपमा अझै ब्याजदर घटाउने तयारी गर्दै बैकहरु

Dec Tue 2020 06:33:57

813 views

बैंकमा तरलता कायमै, मुद्दती निक्षेपमा अझै ब्याजदर घटाउने तयारी गर्दै बैकहरु

राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयनमा बैंकहरुले मुद्दतीकै व्याज घटाएर राष्ट्र बैंकलाई चुनौति दिएका छन् ।

नेपाल राष्ट्र बैंकले मंसिर १० गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा बैंकिङ क्षेत्रमा २ खर्ब रुपैयाँ अधिक तरलता थियो । अहिले अधिक तरलता सर्वा १ खर्ब रुपैयाँको हाराहारीमा छ ।

केही महिना अघिसम्म मुद्दती निक्षेपको ९ प्रतिशतभन्दा माथि रहेको व्याज घटेर अहिले ७ प्रतिशतभन्दा कम भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १ वर्षे मुद्दतीको व्याज ७.७५ प्रतिशत बनाएको छ । ५ वर्षभन्दा माथिको मुद्दतीको व्याज भने ९ प्रतिशत छ । उसले बचतमा २.२५ प्रतिशत व्याज दिने सुचना सार्वजनिक गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मुद्दतीको व्याज ६ प्रतिशत बनाएको छ भने बचतको व्याज साढे २ प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले मुद्दतीको व्याज ८ प्रतिशत र बचतको व्याज ३ प्रतिशत बनाएको छ । एभरेष्ट बैंकले मुद्दतिमा ७ र बचतमा २ प्रतिशत व्याज दिने भनेको छ ।

माछापुच्छ्रे बैंकले मुद्दतीमा ८.५ प्रतिशतसम्म र बचतको न्यूनतम व्याज साढे २ प्रतिशत बनाएको छ । मेगा बैंकले मुद्दतिको साढे ७ प्रतिशत र बचतमा साढे २ प्रतिशत व्याज दिने भनेको छ ।

एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको १० प्रतिशत हाराहारीको व्याज दर घटाएर साढे ६ प्रतिशतमा ल्याएको छ । उसले बचत निक्षेपमा डेढ प्रतिशत व्याज एिको छ ।

प्रभु बैंकले मुद्दतीमा ७.५ प्रतिशत र बचतमा २ प्रतिशत व्याज दिने भनेको छ । कुमारी बैंकले मुद्दतीमा ७.५ प्रतिशत र बचतमा २.५ प्रतिशत व्याज दिने भनेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मुद्दतीमा ८ प्रतिशत र बचतमा ३ प्रतिशत व्याज दिने निर्णय गरेको छ ।

लक्ष्मी बैंकले १ वर्षे मुद्दतीमा ७ प्रतिशत र बचतमा २ प्रतिशत व्याज दिने भनेको छ । बैंक अफ काठमाण्डूले मुद्दतीमा ७ प्रतिशत र बचतमा २ प्रतिशत व्याज निर्धारण गरेको छ । नबिल बैंकले मुद्दतीमा ७ प्रतिशत र बचतमा १.५ प्रतिशत व्याज तोकेको छ । सिद्धार्थ बैंकले मुद्दतीमा ७.५ प्रतिशत र बचतमा २ व्याज दिने भनेको छ ।

सेञ्चुरी बैंकले एक वर्षे मुद्दतीको व्याज साढे ७ प्रतिशत राखेको छ भने ३ वर्षभन्दा माथिएको मुद्दतीको व्याज ८ प्रतिशत बनाएको छ । बचतमा उसले साढे २ प्रतिशत बनाएको छ ।

नेपाल एसबीआइ बैंकले मुद्दतिमा ६ प्रतिशत र बचतमा १ प्रतिशत व्याज दिने सार्वजनिक जानकारी गराएको छ । प्राइम कमर्सियल बैंकले भने मुद्दतिमा ८ प्रतिशत र बचतमा बढीमा ५ प्रतिशत व्याज दिने भनेको छ ।

सानिमा बैंकले ५ वर्षे मुद्दतीमा १० प्रतिशत र १ वर्ष अवधिको मुद्दतीमा ७ प्रतिशत व्याज दिने भनेको छ । बचतको व्याज भने साढे २ प्रतिशत छ ।

ग्लोबल आइएमइ बैंकले २ वर्ष माथिको मुद्दतिमा ८ प्रतिशत र १ वर्ष अवधिको मुद्दतीमा ७ प्रतिशत व्याज दिने भनेको छ । उसले बचतमा २ प्रतिशत व्याज दिन्छ । सनराइज बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दतीमा ९ प्रतिशत र १ वर्षे मुद्दतीको व्याज ७ प्रतिशत बनाएको छ । बचतमा भने सनराइजले २ प्रतिशत व्याज दिन्छ ।

सरकारी लगानी समेत रहेका बैंक पनि निजी क्षेत्रका बैंकको जस्तै गरी मुद्दती निक्षेपको व्याज घटाउन लागेका छन् । सरकारको लगानी पनि रहेको कृषि विकास बैंकले मुद्दतीमा ७.२५ प्रतिशत र बचतमा ३ प्रतिशत व्याज दिने सार्वजनिक जानकारी गराएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुद्दतीमा ७ प्रतिशत र बचतमा २ प्रतिशत व्याज दिने निर्णय सार्वजनिक गरेको छ । सरकारको लगानी पनि रहेको नेपाल बैंकले पनि मुद्दतीमा ७ र बचतमा २ प्रतिशत व्याज व्याज दिने निर्णय गरेको छ ।