नागरिक लगानी कोषको ०. ८२ प्रतिशत हकप्रद शेयरका लागि अनुमति

Dec Thu 2020 06:29:53

541 views

नागरिक लगानी कोषको ०. ८२ प्रतिशत हकप्रद शेयरका लागि अनुमति

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कोषलाई बिहीवार बोर्डले १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कोषले सोबमोजिम १ अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनको माग गर्दै कोषले गत भदौ २२ गते बोर्डमा निवेदन दिएको थियो ।
कोषको हाल चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा हकप्रद विवरणपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।