एनसीसी बैंकको १०.८१ प्रतिशत लाभांश दिने घोषणा

Dec Fri 2020 07:13:34

928 views

एनसीसी बैंकको १०.८१ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले  गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको ८१८ औं बैठकले १०.२६९५ प्रतिशत बोनस शेयर र करका लागि ०.५४०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।