ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको ठाडो निर्देशन

Dec Fri 2020 07:30:42

2756 views

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको ठाडो निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।

अर्थमन्त्रीले ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नु र प्रो एक्टिभ भएर लाग्न आग्रह गरेका हुन् । 

अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिएकाे जारी बिज्ञप्तिमा उल्लेख छ ।

साथै, पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिएका छन् ।

उनले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि आग्रह गरेका छन् ।