ग्लोबल आईएमई बैंकको २३९ शाखा बर्दियाको खैरापुरमा

Dec Sat 2020 07:21:20

ग्लोबल आईएमई बैंकको २३९ शाखा बर्दियाको खैरापुरमा

    • काठमाडौं, ग्लोबल आईएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यसशाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३९ पुगेको छ ।बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं। २, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा साबित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ ।

    • शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, युटिएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।