बैंकिङ कसुरमा बैंकका शाखा प्रबन्धकसहित पाँच पक्राउ

Dec Sun 2020 06:19:01

924 views

बैंकिङ कसुरमा बैंकका शाखा प्रबन्धकसहित पाँच पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा  महालक्ष्मी विकास बैंकको ऋणी र बैंकका शाखा प्रबन्धकसहितका  पाँच व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिस सिंह सिजापति रहेको ब्यूरोले जनाएको छ ।

उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्यांकन गरी बढी ऋण लिएको र हालसम्म सावाब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनीहरुले बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार नोक्सानी पु¥याएको जनाइएको छ ।