एनएमबि बैंकले १६.२० प्रतिशत लाभांशको घोषणा

Dec Mon 2020 07:53:15

556 views

एनएमबि बैंकले १६.२० प्रतिशत लाभांशको घोषणा

काठमाडौं ।  एनएमबि बैंक लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । 

बैंकको हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५३ हजार रहेको छ ।