समीक्षा अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोड रुपैयाँले बचतमा

Dec Mon 2020 03:50:08

645 views

समीक्षा अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोड रुपैयाँले बचतमा

काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा चालु खाता २० अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ९ दशमलव ३ प्रतिशतले कमी आई रु।४ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३।९ प्रतिशतले कमी आई ३ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु।४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।२७ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा२४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।