नेप्से मा स्वोरोजगार लघुवित्तको शेयर सूचिकृत

Dec Mon 2020 04:01:55

1257 views

नेप्से मा स्वोरोजगार लघुवित्तको शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा आज स्वोरोजगार लघुवित्तको शेयर सूचिकृत भएको छ ।

नेप्सेमा स्वोरोजगार लघुवित्त र जनकपुर लघुवित्त एक आपसमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।