ब्रोकर कमिशन ३३ प्रतिशतले घट्यो

Dec Fri 2020 05:11:53

1087 views

ब्रोकर कमिशन ३३ प्रतिशतले घट्यो

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको स्रोतले जनाएको छ । यस बारे विस्तृत विवरण आउन भने बाँकि रहेको छ । धितोपत्र बोर्डका एक अधिकारीका अनुसार बोर्ड ,नेपाल स्टक एक्सचेञ्ज र स्टक ब्रोकर गरी ३ वटै पक्षको कशिसन घटेको हो ।

यसअघि ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताहरुले प्रदर्शन गरेका थिए । लगानीकर्ताले ब्रोकर कमिसन ० दशमलव २५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका थिए ।