१२ वटा बाणिज्य बैंकहरुको चुक्ता पूँजी १० अर्बभन्दा कम

Dec Sun 2020 06:27:52

558 views

१२ वटा बाणिज्य बैंकहरुको चुक्ता पूँजी १० अर्बभन्दा कम

आर्थिक वर्ष २०७६ ०७७ को लाभांश घोषणापछि १५ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी १० अर्ब नाघिसकेको छ । लाभांश घोषणा गर्न बाँकी रहेको राष्ट्रिय वाणिज्य बैंकको पुँजी पनि सोभन्दा माथि पुग्नसक्ने सम्भावना कायमै छ । बाँकी ११ बैंकमध्ये ९ बैंकको चुक्ता पुँजी ९ अर्बको श्रेणीमा छन् भने बाँकी ४ वटा बैंकको चुक्ता पुँजी ८ अर्बकै श्रेणीमा छन् ।

सिटिजन्स बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबीआई बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी अहिले ९ अर्बको श्रेणीमा छ । राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेपछि यो पुँजी बढ्नेछ । १० अर्ब पुँजी कम्तीमा पनि ११।११ प्रतिशत बोनस शेयर घोषणा गर्नुपर्नेछ । 

त्यस्तै, एभरेष्ट बैंक, सेञ्चुरी कमर्शियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिभिल बैंकको चुक्ता पुँजी भने अझै ८ अर्बकै श्रेणीमा छ । सिभिल बैंकको लाभांश घोषणा गर्न बाँकी रहे पनि हाल ८ अर्ब मात्रै पुँजी भएकोले यस बैंकको पुँजी यही श्रेणीमा रहने निश्चित छ ।