नेकपाको सबै बैंक खाता रोक्का हुने

Dec Wed 2020 05:32:50

933 views

नेकपाको सबै बैंक खाता रोक्का हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ ।पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।

निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि खाता रोक्का हुने बताएका छन् । कुनैपनि कम्पनी वा संस्थामा बिवाद भएको र खाता रोक्का गर्न आग्रह भए बमोजिम रोक्का गर्नै प्रचलन रहेको छ ।