चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट, सर्वसाधारणकाे लागि आईपीओ अर्काे सातामा निष्काशन गर्ने

Dec Wed 2020 06:03:06

751 views

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट,  सर्वसाधारणकाे लागि आईपीओ अर्काे सातामा निष्काशन गर्ने

चन्द्रागिरी हिल्स लिमिटेडले स्थानिय बासिन्दाहरुमा बिक्री गरिएको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयरमा १० देखि ७० कित्तासम्म आवेदन गर्नेले माग अनुसार नै पाएका छन् । त्यस्तै ८० कित्ता भन्दा बढी आबेदन गर्नेले पनि न्युनतम ७० कित्ताका दरले बाँडफाँट गरेर बाँकी रहेकाे शेयर गाेलाप्रथाबाट ८० कित्ताभन्दा बढी आवेदन गर्न १ हजार १६३ जनालाइ थप १० कित्ता शेयर वितरण गरेकाे हाे । 

यस्तै थप १० कित्ता नपाउनेहरुबाट ९ जनालाई थप १ कित्ता शेयर पाउने गरी बाँडफाँट भएको छ ।

कम्पनीको आईपिओमा ४ हजार ८०८ जनाले आवेदन दिएको मध्ये २०४ जनाको आवेदन रद्द भएको भएको थियो । कम्पनीको आवेदन गर्ने ४ हजार ६०४ जनालाई शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले गत मंसिर १७ गतेदेखि  पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता निष्काशनमा ल्याएको थियो । 

यस्तै कम्पनी सर्वसाधारणकाे लागि दाेस्राे चरणकाे आईपीओ अर्काे साताबाट निष्काशन गर्ने जनाएकाे छ ।