हिमालयन बैकको मर्ज प्रक्रिया अन्तिम चरणमा : अशोक राणा, सिइओ

Jan Mon 2021 06:18:47

1283 views

हिमालयन बैकको मर्ज प्रक्रिया अन्तिम चरणमा  : अशोक राणा, सिइओ

काठमाडौं । हिमालयन बैंकले छिट्टै मर्जको टुंगो लगाउने जनाएको छ । बजारमा हिमालयन बैंकको मर्जरको विषयलाई लिएर निकै चर्चा चलेको भन्दै प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अब छिट्टै सबैले शुभ समाचार सुन्न पाउने बताए ।

मर्जर लागि एक संस्थासँग अन्तिम चरणको छलफल भइरहेको पनि उनले जानकारी दिए । 

बैंकले सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर–एक्युजिसन उपसमिति गठन गरेको छ ।