Jan Mon 2021 07:47:19
552 views
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेदेखि सर्बसाधरणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । बैंकका डेपुटी सिइओ भुपेन्द्र पाण्डेले २ गतेदेखि आईपिओ निष्काशन गर्ने गरि मंगलबार आह्वान पत्र प्रकाशित गर्ने भएको जानकारी दिएका हुन् ।
सिइओ पाण्डेका अनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने छ। कुल आईपिओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई ०.०२ प्रतिशत शेयर छुट्याईएको छ। बाँकि रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुनेछ ।
आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो ।
देशभित्र र बाहिरबाट लगानीको दिर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधकार विकासका परियोजनामा मात्र लगानी गर्ने उदेश्य सहित यस बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट २०७५ साल माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा काम गर्ने स्वीकृति पाएको कम्पनीले २०७५ फागुन २२ गतेदेखिनै औपचारिक रुपमा बैंकिङ व्यवसाय सुरु गरेको हो । यो बैंक नेपालको पहिलो पूर्वाधार विकास बैंक हो । यस बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ । यस कम्पनीको आईपीओ भने सबै आवेदकले पाउनेछन् ।