नेपाल लाइफले प्रतिकित्ता शेयर मूल्य ५० रुपैयाँ बनाउने, बुक क्लोज माघ १४ गते

Jan Tue 2021 06:47:43

1062 views

नेपाल लाइफले प्रतिकित्ता शेयर मूल्य ५० रुपैयाँ बनाउने, बुक क्लोज माघ १४  गते

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिशेयर मूल्य ५० रुपैयाँ बनाउने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । 

साधारण सभा माघ २८ गते, बुधबार वीरगञ्जमा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २०  प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बुक क्लोज मिति यही माघ १४ गते तोकेको छ । माघ १३ गतेसम्म शेयर किनेका शेयरधनीले यस वर्षको ५१ प्रतिशत लाभांस पाउनेछन् ।