भर्न छुट्ला है ! नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउँने

Jan Tue 2021 08:58:10

503 views

भर्न छुट्ला है ! नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउँने

काठमाडौं । नेपाल पुर्वाधार बैंकको सेयर माघ २ गतेबाट निष्काशन हुने भएको छ ।  बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । यो आईपीओ भर्ने कसैको पनि हात खालि नहुने क्यापिटलले जनाएको छ ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँको दरले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन हुन लागेको हो । उक्त सेयरमा कर्मचारीको लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषलाई ४० कित्ता छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन पाउने छन् । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा १६ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले आवेदन दिँदा सी-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र त्यस्ता बैंकको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।