प्रभु बैंकको सर्वाधिक शेयर कारोबार, एकैदिन मूल्य ६.९८ प्रतिशत बढ्यो

Jan Sun 2021 07:34:43

557 views

प्रभु बैंकको सर्वाधिक शेयर कारोबार, एकैदिन मूल्य ६.९८ प्रतिशत बढ्यो

काठमाडौं । आइतवार प्रभु बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस दिन बैंकको रू. ४० करोड २९ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । 

कुल कारोबार रकममा यो दिन प्रभु बैंकको ६ दशमलव ३७ प्रतिशत हिस्सा रहेको छ । आइतवार रू. ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर कारोबार भएको हो । 

आइतवार प्रभु बैंकको शेयर न्यूनतम रू. ३९५ देखि अधिकतम रू. ४१५ सम्म खरिद विक्री भएको छ ।

प्रभु बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव आइतवार १९ औं वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ ।