माघ १ गते सार्वजनिक बिदा दिने सरकारको घोषणा

Jan Sun 2021 07:39:17

786 views

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको बताएका हुन् ।  

प्रधानमन्त्री ओलीले भने, ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ।’ माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए ।