नेप्से परिसूचक उचाइमा, २८ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा

Jan Tue 2021 07:11:57

723 views

नेप्से परिसूचक उचाइमा, २८ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा

काठमाडौं । नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार २८.३१ अंक वृद्धि भएको छ । नेप्से परिसूचक २८.३१ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा पुगेर रोकिएको छ । 

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले वृद्धि भएको छ । २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ८२५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २९ करोड ६ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको परिसूचक ०.६१ प्रतिशत घटेको छ । आज सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको छ ।